पथरीमा टीभीएसको 'टीभीएस स्मार्ट एक्सचेन्ज' अफर - Crazysaptahik.com

पथरीमा टीभीएसको ‘टीभीएस स्मार्ट एक्सचेन्ज’ अफर

भूमिप्रसाद पाठक
पथरी । मोरङको पथरीशनिश्चरे–१ को महेन्द्र राजमार्गसँग सटिएको लक्ष्मी अटोमोबाइल्सले आफ्नो सेवा असोज महिनाबाट सुरुवात गरेको छ ।

लक्ष्मी अटोमोबाइल्सले टीभीएस कम्पनीका मोटरसाइकल र स्कुटर विक्री गर्दै आइरहेको छ । यसरी आफ्ना ग्राहकहरुलाई विशेष अफरहरु पनि प्रदान गर्दै आएको छ । यही मेलोमेसोमा शो रुमले माघ १३ गतेदेखि १८ गतेसम्म टीभीएस स्मार्ट एक्सचेन्ज अफर आयोजना गरिरहेको छ ।

सो अफरमा पुराना बाइक तथा स्कुटर लिएर नयाँ खरिद गर्दा नगद १० हजार छुट र क्यास डाउन पे गर्दा ८ हजार छुट दिइएको शोरुमका सञ्चालक लक्ष्मी श्रेष्ठले जानकारी गराए । उनका अनुसार शो रुपमा एनड्रप स्कुटर १२५ सीसी, अपाची १६० सीसी, अपची आरटीआर २०० सी लगायतका बाइकहरूमा उपलब्ध छन् ।

शो रुमको विशेषतः सेवाप्रदायक क्षेत्रहरू लेटाङ, कानेपोखरी, पथरी, शनिश्चरे, कानेपोखरी, सुनवर्सी, हसन्दह, उर्लाबारीका पश्चिम भेग रहेका छन् । पथरीशनिश्चरे–४ का गोविन्द सुब्बाले १६० सीसीको अपाची मोटरसाइकल किने र त्यसबाट आफू सन्तुष्ट रहेको सुब्बाले बताए ।

कम्पनीले ५ वर्ष वारेन्टी दिने गरेको र ब्याट्रीमा ६ महिनासम्म वारेन्टी दिनेगरेको बताइएको छ । बाइक खरिद गरिसकेपछि शोरुममा आफ्नै सर्भिस सेन्टरमा ७ वटासम्म सर्भिस निःशुल्क प्रदान गर्नेछ ।

हालसम्म यस शोरुमको अवस्था राम्रो रहेको र पथरीमा टीभीएस कम्पनीका बाइकहरुको शो रुम हुन अति नै आवश्यक रहेको व्यस्थापक योगेन्द्र लिम्बुले बताए ।

सम्बन्धित खवर