पूर्वी नेपालमा इन्टरनेटको सञ्जाल फैलाउँदै आइजोन - Crazysaptahik.com

पूर्वी नेपालमा इन्टरनेटको सञ्जाल फैलाउँदै आइजोन

क्रेजी संवाददाता
पथरी । कम मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आएको आइजोन इन्टरनेटले पूर्वी नेपालमा सञ्जाल फैलाउँने क्रम तिव्ररुपमा अघि बढेको छ ।

मोरङको उर्लाबारीमा केन्द्रीय कार्यालय रहेको आइजोनले झापा, मोरङ र सुनसरीका गाउँका कुना कन्दरा अनि सहरमा इन्टरनेट सेवा प्रदान गर्दै आएको प्रवन्धक निर्देशक नवीन श्रेष्ठले जानकारी दिए ।

मोरङको पथरीशनिश्चरे, हसन्दह, मधुमल्ला, रतुवामाई, विराटचौक, सुनसरीको इनरुवा, इटहरी, तरहरा, झापाको दमक, सुरुंगा, विर्तामोड, धाइजनमा शाखा सञ्चालनमा ल्याएको आइजोनले इलामको चुलाचुली र झापाको शिवसताक्षीमा पछिल्लो समय शाखा खोलेको छ । ७ हजार भन्दा बढी ग्राहक रहेको आइजोनले शाखासँग सेवा विस्तारको योजना अघि सारेको निर्देशक श्रेष्ठले जानकारी दिए ।

सधैँ सबैका लागि भन्ने मुख्य उद्घोषका साथ अघि बढेको आइजोन इन्टरनेटमा नेट टिभी, टाइम व्याक सर्भिस लगायतका विशेषता रहेका छन् । पछिल्लो समय प्याकेजका रुपमा १ सय, २५० र ४५० एमवीपीएसको सेवा प्रदान गर्दै आएको छ । निर्देशक श्रेष्ठका अनुसार गुणस्तरलाई प्राथमिकता दिँदै सहुलियत दरमा सेवा प्रदान गर्दै आएको छ ।

आइजोनले सामाजिक उत्तरदायित्व अन्तर्गत पनि विभिन्न कार्य गर्दै आएको छ । उर्लाबारीका १५ वटा सामाजिक संस्थालाई निःशुल्क इन्टरनेट प्रदान गरिएको पनि श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खवर