पथरी जेसीजद्वारा जेब्राक्रसिङ्ग निर्माण - Crazysaptahik.com

पथरी जेसीजद्वारा जेब्राक्रसिङ्ग निर्माण

क्रेजी संवाददाता
पथरीशनिश्चरे।  पथरी जेसीजले पथरीशनिश्चरे नगरस्थित मनकामना सामुदायिक वन उपभोक्ता समूह क्षेत्रको व्यस्त कटुसे राजमार्ग खण्डमा जेब्राक्रसिङ्ग निर्माण गरेको छ ।

आज सोमबार एक कार्यक्रमबीच ईलाका प्रहरी कार्यालय पथरीका सह- ईन्चार्ज अच्युत सिग्देलले उद्घाटन गरेका थिए ।
उक्त सामुदायिक वन क्षेत्रभित्रको आन्तरिक पर्यटकीय स्थलहरू अवलोकन भ्रमणका लागि  आउनेहरूको बाक्लो भिडभाड बढ्दै गएपछि  पथरी जेसीजको अगुवाइमा सडक पार गर्न सहज तुल्याउन र  दुर्घटना न्यूनीकरण गर्ने अभिप्रायले सो जेब्राक्रसिङ निर्माण गरेको जनाएको छ ।

जेसीज वर्ष -०२२ की प्रथम महिला अध्यक्ष अनिता राई (अनु ) को अगुवाइमा सम्पन्न उक्त कार्यक्रममा  पथरी जेसिजका निवर्तमान  अध्यक्षहरू क्रमशः वर्ष-०१९ का मान बहादुर दियाली , -२०२० का सन्तोष ढुंगेल , २०२१ का प्रदिपकुमार फूयाल  सहितको उपस्थिती रहेको थियो भने वर्ष -२०२२ का बोर्डका सबै पदाधिकारीहरू समेतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको महासचिव  राजकुमार विश्वकर्माले जानकारी दिए ।

सम्बन्धित खवर