पथरीमा र्‍यापर लाउरेको बबाल क्रेज - Crazysaptahik.com

पथरीमा र्‍यापर लाउरेको बबाल क्रेज

क्रेजी संवाददाता
पथरी । र्‍यापर  आशिष राना मगर ‘लाउरे’ले सोमबार बेलुका पथरीशनिश्चरे मिनी महोत्सव २०७९ मा आफ्नो बबाल प्रस्तुति दिए ।

रातो के.एन. कारमा आफ्ना सहयोगी सहित महोत्सव सवार गरेका लाउरेको ‘क्रेज’ पथरीमा थेगिनसक्नु थियो । महोत्सवमा टिकट काटेर पनि भित्र छिर्न दर्शकहरुलाई हम्मेहम्मे परेको थियो । युवा माझ लोकप्रिय लाउरे पौने १० बजे स्टेजमा छाएका थिए ।

उनले पथरीवासीलाई सम्वोधन गरेर लोकप्रिय गीतहरु ‘सुपरागा चुप लाज’, ‘मेरो सोल्टा’, ‘केश नं. ४२०’, ‘बिरामी’ लगायतका गीतहरु प्रस्तुत गरे ।

प्रस्तुति दिंदादिदै बीचमा उनले भने–‘मैले पोखराबाट पथरीको लागि गिफ्ट लिएर आएको छु । त्यो गिफ्टको कुनै भौतिक चिज हुन्न त्यो संगीतको गिफ्ट हो ।’ उनले एक घन्टा ननस्टप आफ्नो प्रस्तुति पस्के ।

कार्यक्रम स्थलमा आयोजकले व्यवस्थापन भने गर्न नसकेको देखियो । प्रायः दर्शकहरुले टिकट काटिसकेपछि पनि भित्र प्रवेश गर्न घन्टौं लाइन लाग्नुपरेको थियो ।

भिडियो हेर्नुहोस् :-

सम्बन्धित खवर