क्रेजी संवाददाता
पथरी । बासेचौरी मार्ग कालोपत्रे र संयुक्त फोहेर व्यवस्थापनका लागि फोहर प्रसोधन साईडका लागि संयुक्त रुपमा स्थलगत अनुगमन गरिएको छ ।
आज मोरङको पथरीशनिश्चरे वडा नं. २ र उर्लाबारी २ को सिमानामा अवस्थित बासेचौरीमा संयुक्त रुपमा स्थलगत अनुगमन गरिएको हो ।
पथरीशनिश्चरेका तर्फबाट नगर प्रमुख मोहनप्रसाद तुम्वापो, २ नं. वडा अध्यक्ष नैना राई र उर्लाबारीको तर्फबाट नगर प्रमुख गंगाप्रसाद खरेल, उप–प्रमुख मिना कुमारी खतिवडा र वडा नं. २ का अध्यक्ष राजनकुमार कडेलले अनुगमन गर्नुभएको हो । साथमा दुवै नगरका प्राविधिकहरुको पनि उपस्थिति रहेको थियो ।