क्रेजी संवाददाता
पथरी । नगरपालिकाको नियमन क्षेत्राधिकार भित्ररहेका सहकारी संस्थाहरूका लागि २ दिने ऋण व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
पुस २२ र २३ गते तालिम पथरीशनिश्चरे नगरपालिका नगर कार्यपालिकाको कार्यालय सहकारी शाखाको आयोजनामा भएको हो ।
कार्यक्रमको उद्घाटन नगर प्रमुख मोहनप्रसाद तुम्वापोले गर्नुभएको थियो ।
तालिमको प्रशिक्षक जिल्ला वचत तथा ऋण सहकारी संघ लिमिटेडका जीवन बस्नेत रहनुभएको थियो । सहकारी संस्थाका ऋण उपसमितिका संयोजक र कर्मचारी को सहभागिता रहेको थियो । कार्यक्रमको समापन प्रशिक्षक र शाखा प्रमुखबाट भएको थियो ।