दुर्गा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्वेटर वितरण - Crazysaptahik.com

दुर्गा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्वेटर वितरण

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ८ दोहलु शुक्रबारेमा स्थापित श्री दुर्गा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्वेटर वितरण गरिएको छ ।

आज नगर प्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यतामा विद्यालयमा अध्ययनरत ५५ जना विद्यार्थीहरुलाई स्वटेर वितरण गरिएको हो । विद्यालय हातामा भएको सो कार्यक्रममा वडा अध्यक्ष नविन कार्की, वडा सदस्यहरु बाबुराम चौधरी, शिवकुमारी विश्वकर्मा, शान्ता योङहाङ लिम्बु र विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

पथरीशनिश्चरे वडा नं. ८ को लक्षित समूह अन्तर्गत बालबालिका शीर्षकमा विनियोजित रकमबाट विद्यार्थीहरुलाई न्यायो कपडा (स्वेटर) वितरण गरिएको वडा अध्यक्ष नविन कार्कीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर