इश्वर दुलाल
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ७ मा तीन वटा सामुदायिक विद्यालयमा स्वेटर (न्यानो कपडा) वितरण गरिएको छ ।
आज वडाको लामाटोलीमा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालय, किर्तिपुरमा अवस्थित जनकल्याण मावि र सोमबारेमा अवस्थित चन्द्र किरातेश्वर माविका विद्यार्थीहरुलाई स्वेटर वितरण गरिएको हो । दुर्गा माविमा १ सय १३, बालकल्याणमा १ सय १७ र चन्द्र किरोश्वरमा ९४ जना विद्यार्थीलाई स्वेटर वितरण गरिएको छ ।
वडाको बालबालिका लक्षित कार्यक्रम अन्तर्गत १ लाख रकम बराबरको स्वेटर वितरण गरिएको वडा अध्यक्ष उद्धवराज बस्नेतले जानकारी दिनुभयो । स्वेटर वितरण कार्यक्रम वडा अध्यक्ष उद्धवराज बस्नेत, वडा सचिव ललिता लावती, वडा सदस्य मनिकुमार लिम्बु र कर्मचारी सन्तोष लुइटेल र विद्यालयका शिक्षकहरुको उपस्थितिमा वितरण गरिएको थियो ।