वडा नं. ८ मा अपाङ्गता भएका ब्यक्तिहरुलाई ब्लाङ्केट वितरण - Crazysaptahik.com

वडा नं. ८ मा अपाङ्गता भएका ब्यक्तिहरुलाई ब्लाङ्केट वितरण

ईस्वर दुलाल
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ८ मा स्थापित समृद्धि अपाङ्गता मिलीजुली समूहले न्यानो कपडा ब्याङ्केट वितरण गरेको छ ।

आज वडा कार्यालको प्राङ्गडमा आयोजना भएको कार्यक्रममा ६० जना अपाङ्गता भएका व्यक्तिहरुलाई ब्लाङ्केट वितरण गरेको हो ।

कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष नविन कार्की प्रमुख अथिति, अथितिहरु वडा सदस्य बाबुराम चौधरी, झमकबहादुर लिम्बु, शान्ता योङहाङ, शिवकुमारी विश्वकर्मा, वडाका सचिव तारानिधी सापकोटा, निलकण्ठ सुवेदी अपाङगता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गतकी (सीबीआरएफ) सम्झना बर्दैवा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा निलकण्ठ सुबेदीले स्वागत मन्यव्य राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति कार्कीले भन्नुभयो–‘अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गताको वर्गिकरण गरी सिपमूलक तालिमहरुको आयोजना गरिनेछ, वडाले अबको दिनहरुमा माछा दिने छैन, माछा मार्न सिकाउँछ । बल्छी दिन्छ, जतिखेर आवश्यकता पर्छ उतिबेला माछा मार्न सकिनेछ ।’ कार्यक्रम कानबहादुर मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर