पथरीशनिश्चरे नगरपालिकामा नकआउट खेलकुद सप्ताह सुरु - Crazysaptahik.com

पथरीशनिश्चरे नगरपालिकामा नकआउट खेलकुद सप्ताह सुरु

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं २ को आयोजनामा नगर स्तरीय नकआउट खेलकुद सप्ताह सुरु भएको छ ।

शनिबार नगर प्रमुख मोहनप्रसाद तुम्वापो, ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी वेदप्रसाद गौतम र उपप्रमुख देवी माया काफ्ले लगायतका जनप्रतिनिधिहरूको उपस्थितिमा नकआउट क्रिकेट प्रतियोगिताको उद्घाटन गरिएको हो ।

उद्घाटनका क्रममा नगरप्रमुख तुम्वापोले खेलकुद क्षेत्रले खेलाडीको क्षमता वृद्धि गर्दै समाज र राष्ट्रलाई महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभएको छ ।

उद्घाटन खेल पथरीशनिश्चरे वडा नं ४ र ७ बिच खेलकुद सप्ताह अन्तर्गत नगर स्तरीय नक आउट क्रिकेट प्रतियोगिता सुरुवात भएको थियो भने सोही दिन दोस्रो खेल १० र ९ बिच हुने भएको छ । खेलकुद सप्ताह अन्तर्गत क्रिकेट, छेलो, चेस , फुटबल र रनिङ गरी ५ वटा विधामा प्रतिस्पर्धा हुने आयोजक वडा नं २ का वडा अध्यक्ष नैना राईले बताउनुभयो ।

पुस ३० गतेदेखि सुरु भएको सो खेलकुद सप्ताहमा क्रिकेट, फुटबल, चेस, दौड तथा छेलो प्रतियोगिता हुने उद्घाटन कार्यक्रमका अध्यक्ष समेत रहेका वडन अध्यक्ष नैना राईले बताउनुभयो । वडा अध्यक्ष राईले वडा कार्यालयको खेलकुद शिर्षकबाट २ लाख ५० हजार रुपैयाँ विनियोजन भएको र अन्य आवश्यक रकम खेलप्रेमी संघ संस्थाहरुको सहयोग रकमबाट प्रतियोगिता सम्पन्न गर्ने बताउनुभयो ।

सम्बन्धित खवर