म्यानचेस्टर डर्बी - Crazysaptahik.com

म्यानचेस्टर डर्बी

प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीको आतिथ्य गर्दैछ । लामो समयपछि म्यानचेस्टर डर्बी प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । युनाइटेडले लगातार ८ खेल जितिसकेको छ भने  खेल जिते एलेक्स फर्गुसनले सन् २०१३ मा सन्यास लिएयता सबै प्रतियोगितामा सबैभन्दा धेरै खेल जित्ने रेकर्डलाई बराबरी गर्नेछ ।

दोस्रो स्थानमा रहेको सिटी युनाइटेडभन्दा ४ अंकले अघि रहेको छ । बुधबार मात्र सिटी काराबाओ कपमा साउथह्याम्पटनसँग पराजित भएको थियो । ‘युनाइटेडमा देखिएको सुधार प्रस्ट छ,’ सिटीका म्यानेजर पेप ग्वार्डिओलाले भनेका छन् ।

युनाइटेडका स्ट्राइकल एन्थोनी मार्सियाल खुट्टामा चोटका कारण खेल्ने नखेल्ने द्वविधा रहेको छ । पछिल्ला ६ खेलमा ७ गोल गरेका मार्कस रासफोर्ड सेन्टर फरवार्डका रूपमा खेल्न सक्नेछन् ।

फुलब्याक डिओगो डालोट पनि आजको खेलमा हुने छैनन् भने मिडफिल्डर डोनी भान डे बिकले यसअघि नै यो सिजन गुमाउने भइसकेका छन् । पछिल्लोपटक अक्टोबरमा सिटीसँग ६–३ गोलले पराजित भए यता सिटीले १८ खेलमा एउटा खेलमात्र हारेको छ ।

ग्वार्डिओलाले एरिक टेन हागको टोली अहिले पनि उपाधि होडमा कायम रहेको बताउँछन् । सिटी आजको खेलमा इंग्ल्याण्डका डिफेन्डर जोन स्टोन्स बिना मैदानमा उत्रनेछ ।

उता सिटीका स्ट्राइकर अर्लिङ हालान्डले १६ खेलमा २१ गोल गरिसकेका छन् । अब उनले दुई गोलमात्र गरे पछिल्ला तीन सिजनको गोल्डन बुटको गोल सङ्ख्यालाई भेटाउनेछन् ।

सम्बन्धित खवर