नयाँ करारअघि युनाइटेडको योजना हेर्न चाहन्थे फर्नान्डेज - Crazysaptahik.com

नयाँ करारअघि युनाइटेडको योजना हेर्न चाहन्थे फर्नान्डेज

पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेजले नयाँ करारमा हस्ताक्षर गर्न अघि म्यानचेस्टर युनाइटेडको योजनालाई अध्ययन गरेको बताएका छन् । पत्रकारहरूसँग कुराकानी गर्दै फर्नान्डेजले भने, ‘करार सम्झौतामा हस्ताक्षर गर्न अघि हामी कहाँ जाँदैछौँ भन्ने योजना म हेर्न चाहन्थे ।

हाम्रो भविष्य के छ ? पैसा पनि महत्त्वपूर्ण कुरा हो । यो कसैसँग लुकेका छैन । फुटबल होस् या अन्य कुनै काम तपाईं सधैँ धेरै कमाउन चाहनुहुन्छ ।’

फार्नान्डेज सन् २०२० मा ८ करोड युरोमा स्पोटिङबाट युनाइटेडमा अनुबन्ध भएका थिए । त्यस यता युनाइटेडका लागि १ सय ३ खेल खेल्दै उनले ३८ गोल गरिसकेका छन् ।

सम्बन्धित खवर