म्यानचेस्टर डर्बीमा युनाइटेडको उत्कृष्ट पुनरागमन - Crazysaptahik.com

म्यानचेस्टर डर्बीमा युनाइटेडको उत्कृष्ट पुनरागमन

प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर डर्बीमा म्यानचेस्टर युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जित हासिल गरेको छ । शनिबार भएको खेलमा युनाइटेडले सिटीलाई २–१ गोलले हराएको हो ।

घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नाडेस र मार्कस रासफोर्डले एक–एक गोल गरे । यता सिटीलका लागि ज्याक ग्रिलिसले एक गोल गरे । खेलमा सुरुवाती अग्रता भने सिटीले बनाएको थियो ।

ग्रिलिसले खेलको ६०औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । खेलको ७८औं मिनेटमा फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए । खेलको ८२औं मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई २–१ गोलको जित दिलाए ।

जितसँगै युनाइटेडले १८ खेलबाट ३८ अंक जोडेर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित सिटी ३९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

सम्बन्धित खवर