इन्टरको जित, मिलान बराबरीमा रोकियो - Crazysaptahik.com

इन्टरको जित, मिलान बराबरीमा रोकियो

इन्टर मिलानले इटालियन सिरी ए फुटबलमा संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टरले भेरोनामाथि १–० गोलको जित निकालेको हो । घरेलु मैदानमा इन्टरलाई जित दिलाउन लाउटारो मार्टिनेजले निर्णायक गोल गरे ।

उनले खेलको तेस्रो मिनेटमा गरेको गोलले नै इन्टरलाई जित दिलाउन प्रयाप्त बन्यो । जितसँगै इन्टरले लिगमा १८ खेल खेल्दै ३७ अंक जोडेको छ । इन्टर तालिकाको चौथो स्थानमा छ ।

यता ९ अंक जोडेको भेरोना तालिकाको १९औं स्थानमा छ । शनिबार नै भएको अर्काे खेलमा एसी मिलानले लेस्केसँग २–२ गोलको बराबरी खेलेको छ । बराबरीसँगै मिलान १८ खेलबाट ३८ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । पराजित लेस्के २० अंक सहित तालिकाको १२औं स्थानमा छ ।

 

सम्बन्धित खवर