लामपाते सिमसारमा सञ्चार क्लबको भव्य वार्षिक साधारणसभा - Crazysaptahik.com

लामपाते सिमसारमा सञ्चार क्लबको भव्य वार्षिक साधारणसभा

क्रेजी संवाददाता
उर्लाबारी । बनभोज खान र नया नया ठाउ घुम्न रुचाउने आन्तरिक र बाह्य पर्यटकहरुका लागि नया गनतव्यका रुरुपमा रहेको लामपाते सिमसारमा पूर्वी मोरङ्गको पत्रकारहरुको छाता संगठन सञ्चार क्लव नेपालको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

विभिन्न प्रकाररका जलचर चराचुरुङगी, बन्यजन्तुहरुको बासस्थानका रुपमा रहेको उर्लाबारीको घुम्नै पर्ने स्थान मध्येको लामपाते सिमसारमा शनिबार क्वलवले आफ्नो १९ औँ साधारणसभा समपन्न गरेको छ ।
सिमसार पुर्वपश्चिम राजमार्ग देखी १ किलोमिटर उत्तरमा सालबारी सामुदायिक वनक्षेत्र भित्रको सुनझोडा खोला किनार सगै रहेको छ ।

शनिवार समपन्न् कार्यक्रमको प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले सञ्चार क्षेत्रको विकासमा स्थानिय तह प्रतिवद्ध रहेको बताए । क्लबले नगरपालिकाको वृद्धि विकासमा अतुलनिय भुमिका खेलेको भन्दै उनले क्लबको प्रशंसा समेत व्यक्त गरे । उनले सार्वजनिक चासोको विषय, सत्यतथ्य विषयहरु देखि लिएर विविध सूचनाहरु सम्प्रेषणमा अझ सशक्त भएर कलम चलाउन शुभकामना दिदै लामपाते सिमसारको विकास र प्रवर्धनका लागि नगरपालिकाले गुरुयोजना तयार गरी उत्कृष्ट पर्यटकीय स्थल बनाउने आश्वासन समेत व्यक्त गरे ।

कार्यक्रमको विशिष्ट अतिथि नगरपालिकाका पुर्व मेयर खड्ग फागोले आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा विकास निर्माण स्थानिय तहले गर्ने र त्यसको अनुगमन र पारदर्शीताका बारेमा संचार क्षेत्रले विशेष ध्यान दिनुपर्ने बताए । उनले पछिल्लो समय लाम्पाते सिमसार ओझेलमा परेको भन्दै लामपातेको प्रचारप्रसारमा सवै जना लाग्न सके उर्लाबारीमा आगन्तुकहरुको चहलपहल बढ्ने बताए ।
यस्तै आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा उर्लाबारी नगरपालिकाकी नगर उपप्रमुख मिना खतिवडा पौडेलले क्लबको उन्नतिमा नगरपालिकाले ध्यान दिएको बताएकी छिन् । उनले क्वलबको भवन निर्माणमा नगरपालिकाले बजेट विनियोजन गरेको बताईन् । यस्तै उनले क्लबको साधारणसभा लाम्पाते सिमसारमा आयोजना गरेर प्रवर्धन गरेकोमा धन्यवाद समेत व्यक्त गरिन् ।

कार्यक्रममा मन्तव्य राख्ने क्रममा नेपाल पत्रकार महासंघ मोरङ्ग जिल्ला अध्यक्ष सन्जिव खनालले स्थानिय स्तरका सञ्चार माध्यमलाई प्रवर्द्धन गर्न स्थानिय सरकारले विशेष ध्यान दिनुपर्ने बताए । उनले नगरपालिकाले श्रमजिवी प्रत्रकारहरुको आर्थिक उन्नयनमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा वडा नम्बर ७ की वडा अध्यक्ष उर्मीला थापा, उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अग्नि प्रसाद अधिकारी,उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारी, उर्लाबारीका राजनितिक दलका तर्फबाट नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष गजेन्द्र दंगाल लगायतले आ–आफ्नो धारणा सहित मन्तव्य राखेका थिए ।

क्लबका महासचिव विजय धिमालले संस्थाको वार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्ष पुजन दासले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
क्लबका अध्यक्ष नवराज भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य क्लबका पूर्व अध्यक्ष मदनबाबु प्रसाइँले राखेका थिए । उक्त अवसरमा क्लबले वनभोज कार्यक्रम समेत आयोजना गरेको थियो ।

वि.सं. २०६० सालमा स्थापना भएको उक्त क्वलबमा ५६ जना संचारकर्मीहरु आबद्ध रहेका छन् ।

सम्बन्धित खवर