अनेरास्ववियु पथरी बहुमुखी द्वारा विमान दुर्घटनामा मृत्यु हुनेहरुको सम्झनामा दीप प्रज्वलन - Crazysaptahik.com

अनेरास्ववियु पथरी बहुमुखी द्वारा विमान दुर्घटनामा मृत्यु हुनेहरुको सम्झनामा दीप प्रज्वलन

क्रेजी संवाददाता
पथरी–
आइतबार पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनामा परि मृत्यु हुनेहरुको सम्झनामा अनेरास्ववियु पथरी बहुमुखी क्याम्पस कमिटी द्वारा दीप प्रज्वलन गरिएको छ । मृत आत्माप्रति चीरशान्तिको कामना गर्दै सोमबार पथरी बहुमुखी क्याम्पसमा दीप प्रज्वलन गरिएको हो ।

मृत आत्माप्रति चीरशान्तिको कामना गर्दै पथरीशनिश्चरे नगरप्रमुख मोहन तुम्वापो, नेकपा एमाले केन्द्रिय सदस्य युवराज बास्कोटा, जिल्ला सदस्य राजु तिम्सिना, पथरीशनिश्चरे वडा नम्बर २ का अध्यक्ष नैना राइ, वडा नम्बर ७ का अध्यक्ष उद्दबराज बस्नेत, वडा नम्बर ८ का अध्यक्ष नवीन कार्की, अनेरास्ववियु क्याम्पस कमिटी कार्यबाहक अध्यक्ष रोषन कटुवाल लगाएत अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरुले मृतकको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका हुन् ।

 

पोखराको भएको विमान दुर्घटनामा ६८ जना यात्रु र ४ जना विमान चालक दलसहित ७२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

 

सम्बन्धित खवर