बोके दारीको 'काका हरायो' (भिडियो सहित) - Crazysaptahik.com

बोके दारीको ‘काका हरायो’ (भिडियो सहित)


क्रेजी संवाददाता
पथरी ।
हास्य ब्याङ्ग्य गीत संङ्गीतको दुनियामा एक छत्र राज गर्ने नाम हो श्रीकृष्ण लुइँटेल ‘बोके दारी’ । ‘ए बाउ किन्देऊ न भटभटे’,… ‘बोकादारी’… , रावण अयो बुलेटमा… लगायतका हिट गीतहरु दिइ सकेका बोकेदारीले हालै मात्र ‘काका हरायो’ बोलको म्युजीक भिडियो सार्वजनिक गरेका छन् ।

दुई दशकदेखि हास्य व्यङ्गयात्मक गीत–सङ्गीत सिर्जनामा रमाइरहेका उनले साता अगाडि आफ्नै युट्युव च्यानल श्री कुष्ण लुईटेल मार्फत ‘काका हरायो’ म्युजीक भिडियो सार्वजनिक गरेका हुन । गीतमा उनले अबको केही वर्ष भित्र काकाहरु हराउने छन भन्ने कुरालाई प्रस्तुत गरेका छन् ।

लुइँटेलसँगै गीतमा मनीषा पोखरेलको पनि आवाज सुन्न सकिन्छ भने, गीतका रचनाकार अच्युत अधिकारी हुन् । अङ्ग्रेजी शब्दको बाहुल्यताले आम नेपाली समाजमा नेपाली भाषा र संस्कृतिलाई नै भुल्दै गएको कुरालाई गीतमार्फत प्रस्तुत गरिएको छ । भिडियोमा आफ्नो सन्तानको पहिलो गुरु आमा–बुवा रहेको र विद्यालय घर भएकाले उनीहरूको संस्कारको सुरुवात पनि आफ्नै घर र अभिभावकमार्फत हुने सन्देश प्रस्तुत छ ।

बोके दारीले हालै सार्वनिक गरेको काका हरायोः

सम्बन्धित खवर