भारतको विश्व कीर्तिमानी जीत, विराटको ४६ औँ शतक - Crazysaptahik.com

भारतको विश्व कीर्तिमानी जीत, विराटको ४६ औँ शतक

भारतीय क्रिकेट टोलीले एकदिवसीय क्रिकेटको इतिहासमा सबैभन्दा ठूलो जितको विश्व कीर्तिमान बनाएको छ । तीन खेलको शृङ्खलाको अन्तिम खेलमा भारतले श्रीलंकालाई ३१७ रनले पराजित गरेको छ ।

भारतले यस मामिलामा न्युजिल्याण्डको १५ वर्ष पुरानो कीर्तिमान तोडेको छ । सन् २००८ मा किवी टोलीले आयरल्याण्डलाई २९० रनले हराएको थियो । भारतको जितका हिरो बने विराट कोहली, शुभमन गिल र मोहम्मद सिराज ।

विराटले नटआउट रहेर १६६ रनको इनिङ खेल्दै आफ्नो ४६ औं ओडीआई शतक बनाए। योसँगै शुभमन गिलले ११६ रन बनाए । भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३९० रनको विशाल स्कोर बनाएको थियो ।

जवाफमा श्रीलंकाले २२ ओभरमा ९ विकेट गुमाएर ७३ रनमा सिमित भयो । मोहम्मद सिराजले सर्वाधिक ४ विकेट लिए । श्रीलंकाका ६ ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । एकदिवसीय क्रिकेटमा भारतीय टोलीको सबैभन्दा ठूलो हार सन् २००० मा श्रीलंकासँग भएको थियो।

त्यसपछि श्रीलंकाले टीम इण्डियालाई २४५ रनले हराएको थियो। अब भारतले श्रीलंकालाई सबैभन्दा ठूलो हारको स्वाद चखाएको छ ।

सन् २००० मा शारजाहमा भएको खेलमा सनथ जयसूर्या (१८९ रन)को शतकको मद्दतमा श्रीलंकाले २९९ रन बनाएको थियो । जवाफमा भारतीय इनिङ्स ५४ रनमा समेटिएको थियो ।

सम्बन्धित खवर