क्रिस्टलमाथि चेल्सीको जित - Crazysaptahik.com

क्रिस्टलमाथि चेल्सीको जित

प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिस्टल प्यालेसमाथि जित निकालेको छ । आइतबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले निर्णायक गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा गोल गरेको हो । खेलको ६५ औं मिनेटमा हाभर्ट्जले हाकिम जिएचको पासमा गोल गर्दै टिमलाई १–० गोलको जित दिलाएका हुन् ।

जितसँगै चेल्सीले १९ खेलमा २८ अंक जोडेर तालिकाको १० औं स्थानमा छ । पराजित क्रिस्टल प्यालेस २२ अंक जोडेर १२ औं स्थानमा छ । अर्को खेलमा न्युकासल युनाइटेडले फुलहममाथि १–० गोलको जित निकालेको छ ।

सम्बन्धित खवर