रियललाई हराउँदै बार्सालाई सुपर कप - Crazysaptahik.com

रियललाई हराउँदै बार्सालाई सुपर कप

साउदी अरबमा भएको खेलमा बार्साले पूर्ण नियन्त्रण बनाएको थियो । १८ वर्षीय गाभीले रोबर्ट लेवान्डोस्कीको पासमा टोलीलाई अग्रता दिलाए । लेवान्डोस्कीले हाफटाइम अघि अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा गाभीले पेड्रीका लागि गोलको अवसर सिर्जना गरे । खेलको अन्त्यतिर करिम बन्जेमाले सान्त्वना गोल फर्काए ।

रियलका गोलकिपर थियाबट कोर्टवाले बार्साका थुप्रै प्रयासहरूलाई असफल बनाएका थिए । जीतसँगै बार्साले सबैभन्दा प्रतियोगितामा अपराजित यात्रालाई ९ खेल पुराएको छ ।

सम्बन्धित खवर