आमलाद्वारा क्रिकेटबाट सन्यासको घोषणा - Crazysaptahik.com

आमलाद्वारा क्रिकेटबाट सन्यासको घोषणा

दक्षिण अफ्रिकाका लागि टेस्ट क्रिकेटमा दोस्रो सर्वाधिक रन बनाउने हासिम आमलाले ३९ वर्षको उमेरमा सन्यासको घोषणा गरेका छन् । आमलाले १ सय २४ टेस्टमा ४६.६४ को औसतले ९ हजार २८२ रन बनाएका छन् ।

उनीभन्दा अघि मात्र ज्याक कालिसले १३ हजार २०६ रन बनाएका छन् । सन् २००४ देखि २०१९ सम्म दक्षिण अफ्रिकाका लागि सबै फर्म्याटमा कूल १८ हजार ६७२ रन बनाएका थिए । उनले टोलीका लागि सर्वाधिक २७ एकदिवसीय शतक बनाएका छन् ।

सन् २०१२ मा ओभलमा इंग्ल्याण्डविरुद्ध बनाएको उनले नटआउट रहँदै बनाएको ३११ रन कुनै पनि दक्षिण ब्याट्सम्यानले टेस्टमा बनाएको सर्वाधिक ठुलो व्यक्तिगत स्कोर हो ।

सन् २०२२ मा काउन्टी च्याम्पियनसीप जित्ने सरे टोलीका सदस्य रहेका आमलाले तीन वर्ष अघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । आमलाले १८१ एकदिवसीय खेलमा ४९.४६ को औसत तथा ४४ टी–२० खेलमा ३३.६० को औसतले रन बनाएका थिए ।

सम्बन्धित खवर