क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. १ मा अवस्थित पथरी बजारको व्यवस्थापनका लागि सरोकारवालाहरुले सूचना केही दिन अघि नै जारी गरेको थियो ।
विहिबार पथरी बजारमा अटेर गरी जथाभावी पार्किङ गर्ने सिटी सफारी, अटोलाई कारवाही स्वरुप पार्किङ स्थल पठाउने कार्य भएको छ । यस्तै हाइवेको ७५ फिट भित्र रहेका होल्डिङ बोर्ड, ठेला गाडाहरूलाई कारवाही स्वरुप पक्रिएर नगरपालिका परिसरमा राखिएको नगरका भौतिक पूर्वाधार संयोजक विरध्वोज शिवाले जानकारी दिनुभयो ।
सो कार्य लागि भौतिक पूर्वाधार संयोजक शिवा लगायत बजार व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार गुरुङ, वडा नं. १ वडा सदस्य पूर्ण कार्की, समाजसेवी बलिदान चेम्जोङ र नगर प्रहरीको सक्रियतामा सम्पन्न भएको थियो । अझ पनि अटेर गरी जथभावी पार्किङ र ठेलाहरू राखेमा कारवाही गरिने वडा अध्यक्ष भीम राईले जानकारी दिनुभयो ।