कप्तान रुविनाले फेयर ब्रेक खेल्ने - Crazysaptahik.com

कप्तान रुविनाले फेयर ब्रेक खेल्ने

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीले दोस्रो संस्करणको फेयर ब्रेक इन्भिटेसनल खेल्ने भएकी छन् । नेपाली टोलीकी मुख्य खेलाडीको रुपमा रहेकी रुविनाले हङकङमा हुने टी–ट्वान्टी लिग खेल्ने भएकी हुन् ।

उनलाई दी बार्मी आर्मीले रिटेन गरेको हो । नयाँ सिजनका लागि टिम तयार गर्दा दी बार्मी आर्मीले रुविनालाई समेटेको छ । गत संस्करणमा रुविनाले धेरै खेलमा मौका पाएनन् । आगामी अप्रिल ३ देखि १६ सम्म हुन प्रतियोगितामा नेपाली टोलीकी खेलाडी सीता राना मगरले पनि खेल्ने छिन् ।

 

सम्बन्धित खवर