यौन दुर्व्यवहारको आरोपमा बार्सिलोनाका पूर्व डिफेन्डर आल्भेस पक्राउ - Crazysaptahik.com

यौन दुर्व्यवहारको आरोपमा बार्सिलोनाका पूर्व डिफेन्डर आल्भेस पक्राउ

ब्राजिलका डिफेन्डर ड्यानी आल्भेस यौन दुर्व्यवहारको आरोपमा स्पेनमा पक्राउ परेका छन् । एफसी बार्सिलोनाका पूर्व डिफेन्डरमाथि गत डिसेम्बरमा बार्सिलोनाको एक नाइटक्लबमा एक महिलालाई गलत तरिकाले छोएको आरोप छ ।

३९ वर्षीय खेलाडीले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् । उनलाई प्रहरी हिरासतमा राखेर शुक्रबार अदालतमा पेस गरिएको थियो । अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

बार्सिलोनाका लागि ४०८ खेल खेलेका उनले क्लबसँग ६ वटा लिग तथा तीनवटा च्याम्पियन्स लिगको उपाधि जितेका थिए । उनी सन् २०२२ को विश्वकपमा ब्राजिलको टोलीमा पनि समावेश थिए ।

हाल उनी मेक्सिकोको पुमास यूएनएएम क्लबसँग आबद्ध रहेका थिए । तर, जेल चलान भएसँगै क्लबले उनीसँगको सम्झौता रद्द गरेको छ ।

सम्बन्धित खवर