युभेन्टसमाथि कारबाही, लिगमा १५ अङ्क घटाइयो - Crazysaptahik.com

युभेन्टसमाथि कारबाही, लिगमा १५ अङ्क घटाइयो

क्लबले खेलाडीको खरिद–बिक्रीमा अनियमितता गरेको आरोपमा युभेन्टसको १५ अङ्क घटाइएको इटालीको फुटबल फेडरेसन (एफआईजीसी) ले जानकारी दिएको छ । खेलाडीको ट्रान्सफरमा कृत्रिम नाफा देखाएर क्लबको हिसाब मिलान गराएको सिरिए क्लबमाथि आरोप लागेको थियो ।

हाल तेस्रो स्थानमा रहेको युभेन्टसको १५ अङ्क घटाएपछि लिगको १० औँ स्थानमा खस्किनेछ । युभेन्टसले भने आफूले कुनै गल्ती नगरेको बताउँदै आएको छ । क्लबले निर्णयविरुद्ध पुनरावेदन दिने अपेक्षा गरिएको छ ।

क्लबका वकिलहरूले यसबारे विस्तृत अध्ययन गरिरहेको प्रतिक्रिया दिएका छन् ।यसअघि गत नोभेम्बरमा क्लबका अध्यक्ष आन्ड्रेया एग्नेली र उपाध्यक्ष पाभेल नेडभेडले राजीनामा दिएका थिए ।

एफआईजीसीले एग्नेली र क्लबका पूर्व सीईओ माउरिजियो एरिभाबेनमाथि दुई वर्षको प्रतिबन्ध लगाएको छ । एग्नेली १२ वर्ष क्लबका अध्यक्ष रहेका थिए । यो समयमा क्लबले ठुलो घाटा बेहोरेको थियो ।

सम्बन्धित खवर