नोभा बेकरीका उत्पादन लोकप्रिय बनेसंगै विक्री कक्ष संचालनमा आउने - Crazysaptahik.com

नोभा बेकरीका उत्पादन लोकप्रिय बनेसंगै विक्री कक्ष संचालनमा आउने

क्रेजीसंवादाता
पथरी । राजकुमार निरौला पुर्वी मोरङकै चर्चित बेकरी व्यवसायी हुन् । वैदेशिक रोजगारमा रहँदा सिकेको सीप र अनुभवलाई संगाल्दै उनी सफल व्यवसायी बनेका हुन् । उर्लाबारी ५ स्थित सिर्जना चौकमा राजकुमारको नोभा बेकरी उद्योग रहेको छ ।

५० लाख खर्चिएर स्थापना गरेको उद्योगबाट उत्पादित बेकरीका ‘आइटम’हरुले छोटो समयमै उपभोक्ताको मन जित्न सफल बनेको छ । आत्मविश्वास भए स्वदेशमै उन्नति गर्न सकिँदो रहेछ भन्ने दरिलो हिम्मत आफुमा पलाएको उनी बताउछन् ।

वर्थ–डे केक, केक, ब्रेड, बिस्कुट, क्रिमडोल, पप, डुनट, विभिन्न प्रकारका पाउरोटी नोभा बेकरीका उत्पादन हुन् । हाल बजारमा डुनट, ब्रेड र केकको बढी माग रहेको निरौला बताउछन् । उद्योगमा दश जनाले रोजगारी पाएको उनले बताए ।

नोभा बेकरीका उत्पादनहरु पुर्वी मोरङका नगर र गाउँ बस्तीसम्म छाएका छन् । यद्यपि बेकरीको आधिकारिक बिक्री काउन्टर केही दिनमै उर्लाबारी चौकमा संचालन हुने क्रममा छ । चौकको पश्चिमतर्फ रोड हाउस क्याफेसंगै रहेको कोइराला मार्केटमा बेकरीसंगै कफी हाउसपनि संचालनको तयारीमा रहेको राजकुमार बताउछन् ।

उनको बेकरीको व्यवसाय निकै लोभलाग्दो देखिन्छ । राजकुमारसंगै परिवारका सदस्यहरु र कामदारहरु नोभा बेकरीमा आउने विजनेसको डिमाण्डलाई पूर्ति गर्ने सधैं हतारोमा हुन्छन् ।

भ्याईनभ्याई उनीहरुको दैनिकी नजिकबाट नियाल्नेहरुले समेत उनीहरुको ‘विजिनेश ग्रोथ र चार्म के छ’ भन्ने कुरा सहजै आँकलन गर्न सक्छ । उद्योग संचालनमा आएको सात वर्ष वित्दा नवित्दै नोभाका उत्पादनको लोभलाग्दो व्यापार छ ।

गुणस्तरीय उत्पादन र छरितो सर्भिसका कारण ग्राहकको रोजाई बनिरहेको नोभाका नियमित ग्राहक ज्योति भट्टराई बताउछन् । चाडपर्वमा बढी उत्पादन र बिक्री हुने जनाउदै राजकुमार भन्छन् –‘होटल, किराना र अन्य खुद्रा बेकरीलाई उत्पादित सामान दिने गरेका छौं ।’

आफुले नोभाकै विस्कुट र पाउरोटीहरु विक्री गर्दै आएको उर्लाबारीको पश्चिम बस स्टेण्टमा रहेको श्रेष्ठ होटलका संचालक राम श्रेष्ठ बताउछन् । विभिन्न उत्सव र चाडपर्वका लागि बेकरी आइटमका केक गुणस्तरीय उत्पादनमा जोड दिइरहेका राजकुमारले होटल, पार्टी प्यालेस र व्यक्तिगत अर्डरमा पनि सेवा गरिरहेको बताए ।

त्यसो त उनले अर्डर लिई आफ्नो कारोबार गरिरहेको र यसले व्यवसायलाई थप मजबुत र विस्तार गर्न सघाउ गरिरहेको बताए ।भन्छन् – ‘बजारमा हाम्रो उपस्थिति नयाँ नै हो, हामी सिकिरहेका छौ ।

फड्कै मारेको त नभनौं, तर आन्तरिक गृहकार्य राम्रो छ । हाम्रो तयारी अझ निखार्न प्रविधि, ज्ञान र सीप नै हासिल गर्नमा हामी बढी केन्द्रीत छौ ।’  स्वदेशमा नै केही उद्यम गरे रोजीरोटी र रोजगारीसमेत सिर्जना गर्न सकिने सम्भावनालाई मूर्तरुप दिन दिलोज्यान दिएर लागिरहेको उनले प्रष्ट्याए ।

ग्राहकले किन नोभा बेकरी रोज्ने रु भन्ने जिज्ञासामा निरौलाले भने –‘ग्राहकलाई धेरै बेच्नका लागि कहिल्यै व्यवसाय नगरेको र नगर्ने पनि बरु राम्रा प्रडक्ट र गुणस्तरमा ध्यान दिएका छौ ।’

ग्राहकको स्वास्थ्यलाई सर्वोपरी राख्दै गुणस्तरमा कुनै कम्प्रोमाइज नगरिएको बताउँदै राजकुमारले भने – शुद्ध, सफा, गुणस्तर र हाइजेनिक उत्पादन नोभाका विशेषता हुन् ।

सम्बन्धित खवर