वडा न.७ मा ज्येष्ठ नागरिक तथा एकल आमा सम्मान कार्यक्रम - Crazysaptahik.com

वडा न.७ मा ज्येष्ठ नागरिक तथा एकल आमा सम्मान कार्यक्रम

क्रेजी समाचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ७ ले ज्येष्ठ नागरिक तथा एकल आमा सम्मान कार्यक्रमको आयोजना गरेको छ । आज वडा कार्यालयमा भएको कार्यक्रममा वडाकी १ सय ४ वर्षीय जसरानी लिम्बु लगायत ७५ वर्ष माथिको जेष्ठ नागरिक र एकल आमाहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

यस्तैगरी वडाका वृद्ध वृद्धाहरुलाई ३ सय वटा इलेक्ट्रिक जग प्रदान गरिएको छ । जाडोको समयमा वृद्ध वृद्धालाई पानी तताएर पिउन सहज होस् भन्ने हेतुले सम्मान पश्चात् जग बाडिएको वडा अध्यक्ष उद्धवराज बस्नेतले जानकारी दिनुभयो ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापोले ज्येष्ठ नागरिक तथा एकल आमा सम्मान कार्यक्रमलाई नगरले सधैं सम्मानका साथ हेरेको र भावी दिनमा अझ कार्यक्रमलाई वृहत् बनाउँदै लाने बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष उद्धवराज बस्नेत, स्वागत मन्तव्य वडा सदस्य सपना राई र कार्यक्रम सञ्चालन वडा सचिव ललिता लावतीले गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्यहरु नरेशबहादुर राई, मनिकुमार लिम्बु, उषा लम्जेल र वडावासीको बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर