पथरीशनिश्चरे वडा नं. ३ मा येले तङ्वेको उद्घाटन - Crazysaptahik.com

पथरीशनिश्चरे वडा नं. ३ मा येले तङ्वेको उद्घाटन

क्रेजी समाचारदाता
पथरी । पथरीशनिश्चरे वडा नं. ३ मा ‘अनेकतामा एकता, मुन्धुमीहरुको मौलिक’ भन्ने मूल नाराका साथ येले तङ्वे ५०८३ उद्घाटन भएको छ ।

शुक्रबार नगर प्रमुख मोहनप्रसाद तुम्वापोले रिवन काटेर येले तङ्वे मेलाको उद्घाटन गर्नुभएको थियो । येले मेला व्यवस्थापन समितिको आयोजना भएको सो मेला सुन्दरीचौकमा तीन दिनसम्म लाग्ने आयोजकले जनाएको छ ।

समितिका अध्यक्ष कविराज काम्बाङ लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका डिएसपी वेदप्रसाद गौतम, वडा नं. ३ का अध्यक्ष विजय लिम्बु, वडा नं. ५ का वडाध्यक्ष चेतेन्द्र खड्का, पूर्व वडा नं. ३ का अध्यक्ष डम्बर चेम्जोङ, पूर्व वडा नं. ८ का अध्यक्ष बाबुराम दाहाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सो मेलामा कलाकारहरुले दैनिक सांगीतिक प्रस्तुति दिने आयोजकले बताएको छ ।

सम्बन्धित खवर