हिमालको काखमा रहेको गुदेल माविको हिरक महोत्सव - Crazysaptahik.com

हिमालको काखमा रहेको गुदेल माविको हिरक महोत्सव

पथरी। हिमालको काखमा रहेको सोलुखुम्बु जिल्लाको महाकुलुङ – ४ गुदेल स्थित श्री गुदेल माविले ६० औं वर्ष पूरा गरेको उपलक्ष्यमा हिरक महोत्सव मनाएको छ । बिहिबार सरस्वती पुजाको विशेष अवसरमा आयोजना भएको हिरक महोत्सव आज विविध कार्यक्रमका साथ सम्पन्न हुने भएको हो ।

पाँच दिन सम्म विभिन्न खेलकुद लगायका कार्यक्रमहरु गरि भब्यताका साथ मनाईएको महोत्सवको आज अन्तिम दिन बृहत् साङ्गितिक प्रस्तुति रहनेछ । कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरु शम्भु राई, सुनिता थेगिम, लिला राई, राजेन्द्र केरुङ, अजय अलङ्कार, नृत्याङ्गना तथा कोरियोग्राफर मनिता कुलुङ, बिनिता कुलुङ लगायतका कलाकारहरुको प्रस्तुति रहनेछ ।

उद्घाटन कार्यक्रममा प्रमुख अथिति प्रतिनिधिसभा सदस्य माननीय मानबीर राई प्रमुख आथिति, प्रदेश १ का सामाजिक विकास मन्त्री बुद्दिकुमार राजभण्डारीकोे बिशिस्ट आतिथ्यता रहेको थियो । त्यसैगरी, प्रदेश १ का सांसद गोम्बु शेर्पा झकर्ज्याङञ एवम् विभिन्न राजनितीक दलका प्रतिनिधिहरु, संघ(संस्थाका प्रतिनिधिहरु लगायतको विशेष सहभागीता रहेको थियो ।

उद्घाटन समारोहको अवसरमा गुदेल मावीको विध्यालय गान र हिरक स्मारिका समेत विमोचन गरिएको थियो ।

महोत्सवमा एकल ट्र्याक गायन प्रतियोगिता, विद्यालय स्तरिय एकल तथा सामुहिक नृत्य प्रतियोगिता, विद्यालय स्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता भब्यताका सथ संचालन भएको थियो ।

सम्बन्धित खवर