सोलुखुम्बुका आगलागी पीडितलाई प्रदेश सरकारको राहत - Crazysaptahik.com

सोलुखुम्बुका आगलागी पीडितलाई प्रदेश सरकारको राहत

सोलुखुम्बु । गत पुस ५ गते सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–१ स्थित नेले बजारमा आगलागीेबाट पिडित ७ परिवारलाई प्रदेश सरकारले राहत वितरण गरेको छ ।

आगलागी हुदाँ बुद्धिबहादुर, कल्पना बस्नेत, रमेश बस्नेत, गणेश बस्नेत र इन्द्र बस्नेतकोको घर नष्ट भएको थियो । स्थानीय बुद्धिबहादुर कार्कीको घरमा विद्युत सर्ट हुदाँ आगलागी भएको थियो ।

आगलागी पीडितहरूलाई प्रदेश १ का सामाजिक विकास मन्त्री बुद्धिकुमार राभण्डारीले चेक हस्तान्तरण गरेका थिए । राभण्डारीले प्रत्येक परिवारलाई ५० हजारका दरले चेक हस्तान्तरण गरेका थिए । प्रदेश सांसद गोम्बु सेर्पा तथा प्रतिनिधिसभा सदस्य मानवीर राईको उपस्थितिमा चेक हस्तान्तरण गरिएको हो । महाकुलसङ ३ का कृपा विकलाई पनि राहत वितरण गरिएको छ ।

विभिन्न समयमा सोलुखुम्बुमा ११ घरमा आगलागी बाट क्षति भएको थियो । उनीहरूलाई प्रदेश १को आन्तरिक मामिला तथा कानुन मन्त्रालय क्षतिको विवरणका आधारमा राहत पठाएको थियो । पूर्ण क्षति भएकालाई ५० हजार उपलब्ध गराइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ११ परिवारका लागि ५ लाख २५ हजार उपलब्ध गराएको हो ।

सम्बन्धित खवर