पथरीशनिश्चरेमा शार ल्हेसा ५०५१ भव्यताका साथ मनाइयो - Crazysaptahik.com

पथरीशनिश्चरेमा शार ल्हेसा ५०५१ भव्यताका साथ मनाइयो

ईस्वर दुलाल
पथरी । नेपाल मगर संघ पथरी शनिश्चरे नगर कमिटीले माघे संक्रान्ती राष्ट्रिय पर्व तथा शार ल्हेसा ५०१८ पर्व भव्यताका साथ मनाएको छ ।
सोमबार कमिटीको प्राङ्गणमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित माघे संक्रान्ती राष्ट्रिय पर्व तथा शार ल्हेसा ५०५१ भव्यताका साथ मनाइएको हो ।
सो कार्यक्रममा गायक दिपक थापा मगर र भिमल मगरले दर्शक स्रोतालाई भरपुर मनोरन्जन प्रदान गर्नुभएको थियो । कार्यक्रममा मौलिक पर्व हुर्राले सम्पूर्ण दर्शक स्रोताहरूको ध्यान खिचेको थियो भने विभिन्न साँस्कृतिक प्रस्तुतिले कार्यक्रममा मिठास थपेको थियो ।
यसैगरी छेलो खेल तथा को छिटो खाने खेल सञ्चालन भएको थियो । छेलो खेल अन्तर्गत रक्की आले मगर प्रथम हुनुभयो भने छिटो खाने खेलमा प्रथम एलिङ्का राना मगर, द्वितीय रेजिना मगर र तृतीय अरूहि मगर हुनुभएको थियो । कार्यक्रममा समितिको आयोजनामा भएको देउसी भैलो कार्यक्रममा उपस्थित कलाकारहरूलाई प्रशंसा पत्र तथा मायाको चिनोद्वारा सम्मान गरिएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिका प्रमुख मोहन प्रसाद तुम्वापोले भाषा, लिपी, संस्कृति जिवन्त रहे मात्र मानिस जिवित रहन सक्ने कुरामा जोड दिदै जानुपर्ने बताउनुभयो । हाम्रो फरक–फरक संस्कार संस्कृतिहरू छन् यसको प्रवद्र्धन गर्दै पुस्तान्तरण पर्ने कुरामा जोड दिदै नगरले मगर जातिको कला, लिपी, संस्कृती जगेर्नामा पहिले पनि सहयोग गरेको तथा आगामी दिनहरूमा पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष नवीन कार्की, वडा नम्बर ५ का वडाध्यक्ष चेतन खड्का, वडा सदस्यहरू विनयराज तिम्सिना, बिना परियार, दिलबहादुर मगर, नेपाल मगर संघ रंगेली नगर कमिटी अध्यक्ष प्रेम पिठाकोटे मगर, शान्ति सामुदायिक वनका अध्यक्ष कुलमणि गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
नेपाल मगर संघ पथरी शनिश्चरे नगर कमिटी अध्यक्षको अध्यक्षमा सम्पन्न कार्यक्रमलाई संघका सचिव खगेन पुलामी मगरले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष काबुलबहादुर मगर (विकास)ले राख्नुभएको थियो ।

सम्बन्धित खवर