बालसेवालाई बस खरिदको लागि सेर्माद्वारा आर्थिक सहयोग प्रदान - Crazysaptahik.com

बालसेवालाई बस खरिदको लागि सेर्माद्वारा आर्थिक सहयोग प्रदान

क्रेजी संवाददाता
शिवसताक्षी । हङकङमा लामो समयदेखि कार्यरत बुद्धराज सेर्मा (चपेता)ले स्थानीय बालसेवा आधारभूत विद्यालयलाई स्कुल बस खरिदको लागि ५१ हजार १ सय ५१ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
मङगलबार झापा शिवसताक्षी वडा नं. ७ मा स्थापित विद्यालयमा एक कार्यक्रमको बीच सेर्माको श्रीमती आशाहाङमा लावती सेर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन ल्वागुन, सल्लाहकार समितिका संयोजक जितेन्द्रराज चेम्जोङ र प्रअ बेनुप्रसाद कार्कीलाइ संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।
विद्यालयले सञ्चालन गरेको स्कुल बस खरिद अभियानलाई सफल बनाउन बुद्घराज सेर्मा (चपेता)ले सहयोग प्रदान गर्नुभएको हो । सेर्माले थप रकम अन्य हङकङमा कार्यरत साथीभाइहरुसँग संकलन गरेर पठाउने पनि बताउनुभयो ।
यसैगरी उहाँले चाँडै नै आफ्नो दिवगंत कान्छा भाइ स्व. अम्मरु सेर्माको स्मृतिमा अक्षयकोष स्थापना गरी अति विपन्न बालबालिकाहरुलाई अध्यपन गराउने समेत फोन मार्फत् जानकारी गराउनुभएको छ ।
सो विद्यालयको पूर्व विद्यार्थी समेत रहनुभएका सेर्मा दम्पती हाल सपरिवार हङकङमा बसोबास गर्दै आउनुभएको छ । सामाजिक कार्यमा सक्रिय सेर्माले यस क्षेत्रका बिरामीहरुको उपचारमा होस या अन्य कार्यक्रममा होस उहाले स्वत स्फुर्त रुपमा सहयोग गर्दै आउनुभएको छ ।
यता विद्यालयले मंगलबारबाट आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ । प्रथम पटक बुद्धराज सेर्माबाट प्राप्त रकमको रसिद काटेसँगै आर्थिक सहयोग संककलन सुरुवात गरेको विद्यालयका प्रधानाध्यापक बेनुप्रसाद कार्कीले बताउनुभयो । उहाले यही वर्ष विद्यालयको ५० आंै स्थापना दिवसमा स्वर्णमहोत्सव मनाउनुपर्ने र स्कुल बस पनि खरिद गर्नुपर्ने भएकोले विद्यालयलाई निकै सकस भएको कार्कीले बताउनुभयो ।
यसैगरी यि दुबै कार्यक्रमलाइ सफल बनाउन गोबिन ल्वागुनको संयोजकत्वमा ९ सदस्य प्रचार प्रसार उप समिति गठन गरी ९ सदस्य समिति मनोनित गरेको छ ।

विद्यालयले यही फागुन तेस्रो साता स्वर्ण महोत्सव मनाउने तयारी गरेको छ । सोही अवसरमा स्कुल बस खरिद गर्न सहयोग गर्ने दाताहरूलाई आकर्षक सम्मान पत्र सहित सम्मान गर्ने, शिलामा नाम लेख्ने र स्मारिकामा नामवली प्रकाशन गरिने समेत जनाइएको छ । बस भने चैत तेस्रो हप्ता सम्ममा खरिद गरी २०८१ को शैक्षिक सत्रबाट विद्यार्थी ओसार पसार गर्ने गरीको तयारी थालिएको समेत जनाइएको छ ।
वि.सं.२०३० सालमा स्थापना भएको यस विद्यालयमा हाल २ सय २५ जना विद्यार्थी कक्षा नर्सरीदेखि कक्षा–८ सम्म अंग्रेजी माध्यममा पठन पाठन गरिरहेका छन् ।

सम्बन्धित खवर