कतारमा ‘भीआइपी लाउन्ज’ उद्घाटन - Crazysaptahik.com

कतारमा ‘भीआइपी लाउन्ज’ उद्घाटन

मातृका पौडेल
कतार । कतारमा ‘भिआइपी लाउन्ज’ उद्घाटन भएको छ । विगत एक दशक देखि कतारलाई कर्मथलो बनाउँदै आएका व्यवसायी उत्तम गुरुङले शुक्रबार राति आफ्नो नयाँ व्यवसाय संचालनमा ल्याएका हुन ।
कतारको मुग्लिनमा रहेको भीआईपी होटलको बाहिरपट्टिको कर्नरमा लाउन्ज रहेको छ । ‘भिआइपी लाउन्ज’ले २४ सै घण्टा सेवा उपलब्ध गराउने छ । चिया, कफी, शिशा, पेय पदार्थ तथा कन्भिनियाँस फुटहरु उपलब्ध रहने व्यवसायी गुरुङले जानकारी दिए । बिजनेश हब रुपना परिचित भएको उक्त होटल भित्र केहि दिन भित्रमा अर्को सुपर मार्केट पनि सञ्चालनमा ल्याउनेछु – गुरुङले सुनाए ।
उद्घाटन कार्यक्रममा नेपालकी चर्चित गायिका मिलन नेवार, गायक कृष्ण रेउले र एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, बरिष्ट उपाध्यक्ष कृष्ण पन्थी, युवा व्यवसायी प्रविन गुरुङ लगायतको उपस्थिती रहेको थियो । उतिथीहरुले संयुक्तरूपमा रिबन र केक काटेर लाउन्जको समुद्घाटन गरेका थिए ।

सम्बन्धित खवर