पथरीशनिश्चरेमा विज्ञान शिक्षक समाज नेपालको अधिवेशन सम्पन्न - Crazysaptahik.com

पथरीशनिश्चरेमा विज्ञान शिक्षक समाज नेपालको अधिवेशन सम्पन्न

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा विज्ञान शिक्षक समाज नेपालको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
आइतबार भागीरथ माध्यमिक विद्यालयको सभा हलमा आयोजित अधिवेशनले शैलेन्द्र बस्नेतलाई अध्यक्षको जिम्मेवारी दिदैँ १५ सदस्य कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा खेमनाथ दाहाल, सचिव विवेक सुवेदी, सह–सचिव संगिता राई, कोषाध्यक्ष नैनकला चौधरी, सदस्यहरू टिकाप्रसाद घिमिरे, योगराज पौडेल, विष्णुभक्त भण्डारी, राजेन्द्र प्रसाद घिमिरे, शेखर भट्टराई, जागेश्वर पण्डित, रामलाल पण्डित, घनश्याम कडेल, कमल घोर्साने, अम्बेद अमात्य रहेका छन् । यस्तै समितिको सल्लाहकारमा बोधराज सिग्देल र पदम सापकोटा चयन भएका छन् ।

सम्बन्धित खवर