कल्याण फुटबल क्लब विजयी - Crazysaptahik.com

कल्याण फुटबल क्लब विजयी

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरेमा जारी पथरी शनिश्चरे नगर खुलकुद महोत्सव २०८० अन्तर्गत आज भएको फुटबल खेलमा कल्याण फुटबल क्लब विजयी भएको छ ।
कल्याण फुटबल क्लबले बि १६ लाई ४– २ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । यो सिजनको प्रतियोगितामा पहिलो ह्याट्रिक कल्याण फुटबल क्लबका सुरज याक्खाले पूरा गरे । याक्खा नै खेलमा म्यान अफ द म्याच घोषित भए । खेल सुरु भएको पहिलो मिनेटमै बि १६ का कवि राईले गोलको खाता खोलेका थिए । त्यसपछि ३३ औं मिनेटमा कल्याणका विवेक आङदेम्बेले गोल फर्काए । त्यसपश्चात् खेलको बि १६ का सुरज शिवाले एक गोल गरे ।
भोलिको खेल युनिटी स्पोट्स र राइजिङ स्टार बिच हुने आयोजकका सदस्य सचिव नविन खुलालले जानकारी गराए ।

सम्बन्धित खवर