खेलकुद महोत्सव २०८० : सिरिजंगा एफ.सी. फाइनलमा - Crazysaptahik.com

खेलकुद महोत्सव २०८० : सिरिजंगा एफ.सी. फाइनलमा

क्रेजी संवाददाता
पथरी । युनिटी स्पोर्टस क्लबलाई फराकिलो गोलअन्तरले पराजित गर्दै सिरिजंगा स्पोटिङ क्लब पथरीमा जारी पथरी शनिश्चरे खेलकुद महोत्सव फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको खेलमा सिरिजंगाले युनिटीलाई ५ –० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
खेलको पहिलो हाफको ५ मिनेटमै सिरिजंगाका अंकित लिम्बुले गोलको खाता खोलेका थिए । त्यसपछि सुवास तामाङले २४ औं मिनेटमा अर्काे गोल गोल थपे । खेलको दोस्रो हाफको २ मिनेटमै पुनः अंकित लिम्बुले गोल थपे । यस्तै दोस्रो हाफको २१ औं मिनेटमा संजोग राईले गोल गरेका थिए भने पुनः २७ औं मिनेटमा सुवास तामाङले गोल थपे ।
खेलको म्यान अफ द म्याच सिरिजंगाका २ गोलकर्ता अंकित लिम्बु घोषित भए । उनलाई वडा नं. १० का अध्यक्ष जीवन खतिवडाले नगद रु. २ हजार सहित ट्रफी प्रदान गर्नुभयो । आजको खेल नाजारिन वाई.सी. र देविगन्ज एफ.सी. बीच दोस्रो सेमिफाइनल खेल हुने आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित खवर