सुन्दरहरैचालाई २–० गोलले पराजित गर्दै पथरीशनिश्चरे फाईनलमा प्रवेश - Crazysaptahik.com

सुन्दरहरैचालाई २–० गोलले पराजित गर्दै पथरीशनिश्चरे फाईनलमा प्रवेश

ईस्वर दुलाल
पथरी। उज्यालो जीवन प्रतिष्ठान नेपालले आयोजना गरेको पालिका स्तरीय फुटबल प्रतियोगितामा पथरी शनिश्चरे नगरपालिकाको टिम सेमिफाइनल हुँदै फाइनल प्रवेश गरेको छ । सुन्दरहरैचा नगरपालिकालाई २–० गोलले पराजित गर्दै पथरी शनिश्चरे टिमले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

पथरी शनिश्चरे नगर खेलकुद विकास समिति अध्यक्ष दिपक राईका अनुसार टिमको सफलताको मुख्य कारण खेलाडीको मेहनत लगनशील र अनुसासन रहेको बताउनु भयो ।

नगरप्रमुख मोहन प्रसाद तुम्वापोले फाइनल खेलको लागि शुभकामना व्यक्त गर्दै यस्तो प्रतियोगिताले नगरस्तरमा खेलकुदको विकास र प्रतिभाको पहिचानमा सहयोग पुग्ने बताउनु भयो ।

आजको सेमिफाइनलमा कानेपोखरी गाउँपालिका संग लेटाङ नगरपालिका भिड्ने छ भने, फाईनल खेल पूस २० गते हुने आयोजकले जानकारी दिए ।

सम्बन्धित खवर