क्रेजी संवाददाता
पथरी। मोरङको पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा मेडिक मोबायल कार्यक्रम बार्षिक समिक्षा सम्पन्न भएको छ । सोमबार नगरपालिकाको सभाहलमा बार्षिक समिक्षा सम्पन्न भएको हो ।
कार्यक्रममा नगरपालिका भित्रका ३० जना स्वास्थ्य स्वयमसेविका, कार्यक्रमका फोकल पर्स नर्सहरुको उपस्तिथि रहेको थियो ।
करुणा फाउण्डेसनका प्रशिक्षक सुरज सरदार र पथरीशनिश्चरे नगरपालिका जनस्वास्थ्य निरिक्षक एकराज खत्रीले प्रशिक्षण दिनुभएको थियोे ।
कार्यक्रममा जनस्वास्थ्य अधिकृत जगत मगरले कार्यक्रमको उदेश्यहरु प्रस्तुत गर्नुभएको थियो । नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले उदेश्य सहित स्वागत मन्त्यव्य राख्नु भएको थियो । नगरप्रमुख मोहनप्रसाद तुम्वापो प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ५६ जनाको सहभागिता रहेको थियो ।