क्रेजी संवाददाता
मोरङ। मोरङको हिसानद्वारा आयोजित अन्तर विद्यालय नकआउट भलिबल प्रतियोगितामा रेडस्टार माविले उत्कृष्ट प्रदर्शन गर्दै छात्रा र छात्र दुवै समूहमा सफलता हात पारेको छ ।
छात्रा समूहमा रेडस्टार माविले विराटनगरको अर्किड कलेजलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । विद्यालयका संस्थापक विजय डाँगीले खेलाडीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी खेलमा पनि यस्तै प्रदर्शन गर्न प्रोत्साहन गरे । डाँगीले सेमिफाइनलमा पुग्न खेलाडी र प्रशिक्षकले तयार पारेको रणनीतिले मुख्य भूमिका खेलेको बताए ।
“म्यान अफ द म्याच“ कक्षा ११ की स्मृति राई घोषित भइन्। टिमको जितमा उनले उत्कृष्ट योगदान दिएकी थिइन् ।
छात्र समूहतर्फ रेडस्टार माविले सिद्धार्थ कलेज, विराटनगरलाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश ग¥यो । सुरज राई “म्यान अफ द म्याच“ घोषित भए । उनले निर्णायक खेलमा उत्कृष्ट भूमिका निर्वाह गर्दै टिमलाई जित दिलाएका थिए ।
रेडस्टार माविले अध्ययनसँगै अतिरिक्त क्रियाकलापहरूमा विद्यार्थीलाई सहभागी गराउँदै आएको छ । खेलकुद लगायतका अतिरिक्त क्रियाकलापहरूमा निरन्तर उत्कृष्टता देखाउँदै विद्यालयले आफ्नो पहिचान स्थापित गरिरहेको छ ।