क्रेजी संवाददाता
पथरी। पथरीशनिश्चरे १० स्थित हिरक आधारभूत विद्यालयको ३६ औँ वार्षिकोत्सव तथा स्मृति अक्षय कोष पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पथरीशनिश्चरे नगरप्रमुख मोहन प्रसाद तुम्बापोले आफ्नो सम्बोधनमा शिक्षा क्षेत्रको विकासमा सामुदायिक विद्यालयहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै विद्यालयलाई थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भने, “सामुदायिक विद्यालयहरू स्थानीय तहको मेरुदण्ड हुन । यी विद्यालयहरूले शिक्षामा समान पहुँच सुनिश्चित गर्न उल्लेखनीय भूमिका खेलिरहेका छन्। हामी सबैले यस्ता विद्यालयहरूको प्रवद्र्धनमा हातेमालो गर्नुपर्छ ।“
कार्यक्रम बिशिष्ठ अतिथिको रुपमा वडा अध्यक्ष जीवन खतिवडा , नगर शिक्षा तथा खेलकुद शाखा प्रमुख नबिन खुलाल , भुटनिज शिविर सचीव करण राई अतिथिहरुमा , कार्यापालिका सदस्य मिन योन्जन तामाङ , इन्ट्रा फाउण्डेसनबाट राम कुमार बानिया , ग्लोबल भुटनिज अर्गनाइजेसन द्वारा टिका अधिकारी , भुमेट्स अध्यक्ष मोहन गौतम अष्ट्रेलिया , समाजसेबी प्रदिप कुमार राई लगायत अन्य अतिथिहरु र अभिभावकहरुको उपस्तिथीमा कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ ।
सो कार्यक्रममा अक्षय कोष दाताहरु , पूर्व बिधालय ब्यवस्थापन समितिको अध्यक्षहरु , पूर्व शिक्षकहरुलाई सम्मान साथै अन्य स्मृति अक्षय कोषको बिधागत पुरस्कार बिद्यार्थीहरुलाई प्रदान गरिएको छ । यसै कार्यक्रमको अवसरमा पूर्व संचारकर्मी हाल अमेरिकामा हुनुहुने लोक बहादुर चौहानको परिवार द्वारा रु ५१ हजार १ सय ११ , स्थानिय समाजसेबी प्रेम ढकाल द्वारा रु ५१ हजार १ सय ५१ रुपैया र बिधालय ब्य्वस्थापन समितिका अध्यक्ष सुमन कुरुम्बाङको परिवारको तर्फबाट रु ५१ हजार १ सय ५१ रुपैया अक्षय कोषमा जम्मा गरिएको छ । उहाहरुले आफ्नो स्वर्गवास हुनुभएका अभिभावकहरुको स्मृतिमा कोष खडा गर्नुभएको छ ।
सेजल एण्ड सिस्टर फाउण्डेसनको मुख्य आर्थिक सहयोग रहेको यस कार्यक्रममा २० वटा गीतहरुमा बिद्यार्थीहरुले एकल र सामुहिक नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा युवा समाजसेबी द्वय बिनम राई र राम बानियालाई पनि बिधालयलाई दिएको योगदान प्रति सम्मान गरिएको थियो ।