‘येले साम्लो नाइसुम २०८३’का लागि उत्कृष्ट ६ जना छनौट - Crazysaptahik.com

‘येले साम्लो नाइसुम २०८३’का लागि उत्कृष्ट ६ जना छनौट

क्रेजी संवाददाता
पथरी शनिश्चरे । ‘अनेकतामा एकता, मुन्धुमीहरुको मौलिकता’ भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय येले साम्लो नाइसुम २०८३ प्रतियोगिताका लागि उत्कृष्ट ६ जना छनौट भएका छन् ।
मुन्धुमी मा चुम्लुङ साँस्कृतिक विभाग पथरी शनिश्चरे–३ को आयोजनामा भइरहेको ‘येले साम्लो नाइसुम २०८३’ का लागि मिलन लिम्बु (पाँचथर), रिता आङदेम्बे (काठमाडौं), विरपन थेगिम, दिनेश योङहाङ (इलाम), लाओती याक्थुङ्मा (सिक्किम, भारत), दिलिप माखिम (पाँचथर) उत्कृष्ट ६ मा पर्न सफल भएका छन् ।
अन्तर्राष्ट्रिय येले साम्लो नाईसुम २०८६ कार्यक्रम अन्तर्गत प्राप्त भएको तेस्रो चरणका ६ जना प्रतियोगीहरुको सामाग्रीलाई येले साम्लो नाईसुमको निर्धारित नियम, मापदण्ड तथा साँस्कृतिक मूल्य–मान्यताको आधारमा मूल्याङ्कन गरी उत्कृष्ट ६ प्रतियोगी छनौट गरिएको संयोजक मौसम परिवर्तनले जानकारी दिए । प्रतियोगिता मार्फत् मुन्धुमी (लिम्बु) समुदायको मौलिक पालना, भाषा, लय प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्य रहेको आयोजकले जनाएको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.