प्रदेश स्तरीय लोकनृत्य प्रतियोगितामा एभरेष्ट प्रथम - Crazysaptahik.com

प्रदेश स्तरीय लोकनृत्य प्रतियोगितामा एभरेष्ट प्रथम

क्रेजी संवाददाता
विराटनगर । पथरी शनिश्चरे नगरपालिकामा स्थापित एभरेष्ट बोर्डिङ स्कुलले प्रदेश स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि चुमेको छ ।
सोमबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल कोशी प्रदेशले आयोजनाको सो प्रतियोगितामा १४ वटा विद्यालयलाई उछिन्दै एभरेष्टले प्रथम स्थान हासिल गरेको हो । एभरेष्टले नगर स्तरीय, जिल्ला स्तरीय हुँदै प्रदेश स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगितामा यो सफलता प्राप्त गरेको हो ।
प्रतियोगितामा रोयल मेरिगोल्ड स्कुल पाँचथर दोस्रो, रेडस्टार स्कुल पथरी तेस्रो, कर्णाली एजुकेशनल फाउन्डेशन झापा चौथो तथा मोरङ मेरिगोल्ड स्कुल मोरङ पाँचौँ स्थान हासिल गर्न सफल भए ।

प्रतियोगिताका विजेता विद्यालयहरूलाई ट्रफी, मेडल तथा प्रमाण–पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा जिल्लास्तरबाट छनोट भई आएका कक्षा +२ सम्मका १४ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
झापाको दमकमा अवस्थित सिद्धार्थ सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलको सभाहलमा सम्पन्न कार्यक्रममा प्रदेश अध्यक्ष सुमित थापाको सभापतित्व रहेको थियो भने प्रमुख अतिथिका रूपमा प्याब्सन केन्द्रीय सल्लाहकार नारायण घिमिरेको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.