येले साम्लो नाइसुम ५०८६ को फाइनलको तयारी पूरा - Crazysaptahik.com

येले साम्लो नाइसुम ५०८६ को फाइनलको तयारी पूरा

क्रेजी संवाददाता
पथरी । येले साम्लो नाइसुम ५०८६ अन्तर्गत आयोजना हुने मौलिक भाका गायन प्रतियोगिताको फाइनल कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।
यस वर्षको फाइनल प्रतिस्पर्धामा इलामकी रिता आङ्देम्बे, पाँचथरका मिलन लिम्बु र मिक्लाजुङका दिलिप माखिम सहभागी हुनेभएका छन् । फाइनल प्रतिस्पर्धाको तयारीका लागि तीनै जना प्रतिस्पर्धीहरू विगत १५ दिनदेखि क्याम्पिङमा सहभागी हुँदै नियमित अभ्यासमा जुटिरहेका छन् । आयोजकका अनुसार क्याम्पिङ अवधिमा मौलिक भाका, प्रस्तुति शैली र सांगीतिक अनुशासनमा विशेष ध्यान दिइएको छ ।
मौलिक भाकाको संरक्षण र प्रवद्र्धन गर्ने हुतुले आयोजना गरिएको सो गायन प्रतियोगिताको फाइनल कार्यक्रम यही माघ १३ गते (भोलि) येलेमेला परिसरमा साँझ ६ बजेदेखि सुरु हुनेछ । कार्यक्रमलाई दर्शक तथा संगीतप्रेमीहरूको उल्लेख्य उपस्थितिमा भव्य रूपमा सम्पन्न गर्ने तयारी गरिएको आयोजक समितिले जानकारी दिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.