पथरी शनिश्चरेमा खेलकुद महासंघको आह्वानमा श्रमदान - Crazysaptahik.com

पथरी शनिश्चरेमा खेलकुद महासंघको आह्वानमा श्रमदान


क्रेजी संवाददाता
पथरी । नेपाल खेलकुद महासंघको आव्हानमा पथरीशनिश्चरे ७ मा रहेको पथरी खोलामा श्रमदान बाटै अस्थाई बासको पुल निर्माण गरिएको छ । बर्षौ पुरानो बाटो भए पनि शनिश्चरे ७ को लामाटोली क्रीयसन चौक जोडने बाटो पुल नभएकै कारण त्यहा हिडडुल नै हराईसकेको थियो ।
वडा नम्बर ७ ले मंगलबार मात्रै जेसिबी लगाएर ३२ फुटे बाटो ट्रयाक खोले पछि बिहिबार यहाका स्थानिय समेतको श्रमदानमा पथरीखोलामा बाँसको पुल निर्माण गरिएको हो । केही समयका लागि भए पनि सो बाटो बाट कम्तीमा अटो र सफारी समेत तार्न मिल्ने बनाइएको खेलकुद महासंघ पथरीशनिश्चरेका अध्यक्ष दिवस खजुमले जानकारी दिए । खेलकुद महासंघले साप्ताहिक रुपमा श्रमदानका लागि आव्हान गर्ने खजुमले जानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.