येले साम्लो नाइसुम ५०८६ को उपाधि मिलनलाई - Crazysaptahik.com

येले साम्लो नाइसुम ५०८६ को उपाधि मिलनलाई

क्रेजी संवाददाता
पथरी । मुन्धुमीमा चुम्लुङ साँस्कृतिक विभागको आयोजनामा भएको येले साम्लो नाइसुम ५०८६ गायन प्रतियोगितामा पाँचथर मिक्लाजुङका मिलन लिम्बु उपाधि आफ्नो पोल्टामा पारेका छन् ।

यसैगरी प्रतियोगितामा दोस्रो स्थान दिलिप माखिम र तेस्रो स्थान लाओती याक्थुमाले प्राप्त गरेका छन् । यसैगरी उत्कृष्ट मुन्धुमी गायनको उपाधि रिता आङ्देम्बे घोािषत भएकी छिन् । विजेता मिलन लिम्बुलाई नगद रु. १ लाख, दोस्रो हुने दिलिप माखिमलाई ५० हजार र तेस्रो हुने लाओती याक्थुमालाई २५ हजार नगद सहित ट्रफी तथा म्यूजिक भिडियो रेकर्डिङको अवसर प्रदान गरिएको छ । उत्कृष्ट मुन्धुमी गायनतर्फ रिता आङ्देम्बेलाई १५ हजार नगद सहित ट्रफी प्रदान गरिएको छ
पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि तिल हाङ सुब्बाको हस्तबाहिलिबाट पुरस्कार प्रदान गरिएको थियो ।
सो कार्यक्रममा सिक्किमका ख्यातिप्राप्त साहित्यकार समाजसेबी सम्मानित व्यक्तित्व सुकवीर ताम्लिङ, बी.एल. साउदैने र लिला तुम्बापो निर्णायक कर्मिला आङ्देम्बे सन्चमान ताम्लिङ दिपराज नेयोङ्हाङलाई विशेष सम्मान तथा अभिनन्दन गरिएको थियो । उनीहरूलाई वरिष्ठ कलाकार यासेली योङ्हाङको हस्तबाहुलीबाट अभिनन्दन गरिएको हो ।
नेपाल भारतका विभिन्न स्थानबाट २७ प्रतियोगी कलाकारबाट छनोट प्रक्रिया अन्तर्गत उत्कृष्ट ४ प्रतियोगी फाइनलमा सहभागी भएका थिए । यो साँस्कृतिक कार्यक्रम माघ १३ गते २०८२ सालमा आयन राई अमेरिका; मबिन्द्र नाल्बो मोरङ, आइबीटी इटा उद्योग मोरङ, दिलमान बेघा; वडा कार्यलय पथरी शनिश्चरे ३, नगरर्पालिका हरुको विशेष सहयोगमा भव्य रूपमा सम्पन्न भएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.