प्रदेश १ को नाम कोशी र राजधानी बिराटनगर - Crazysaptahik.com

प्रदेश १ को नाम कोशी र राजधानी बिराटनगर

आईतबार देखि शुरु भएको प्रदेश १ को हिँउदे अधिबेशन सँगै प्रदेशको माहोल गर्माएको छ । यो अधिबेशनले प्रदेशको नाम र राजधानीको बिषय टुंग्याउने धेरैले अनुमान समेत गरेका छन । प्रदेशसभा चलिरहँदा बाहिर धर्ना र बिरोधका कार्यक्रम पनि शुरु भएका छन । तथापि यो अधिबेशनले लगभग नाम र राजधानीको बिषय टुंग्याउने बिशेष स्रोतको दाबी छ ।

 

लामो समयदेखि प्रदेश १ को नाम र राजधानीको विषय अन्यौलमै रहेका बेला हिउँदे अधिबेशनले यो बिषय टुंग्याउने स्रोत दाबी गर्छ । यसअघि नै नेकपाको केन्द्रीय सचिवालय बैठकले सोही बिषय टुंगो लगाइसकेको स्रोतको दाबी छ । स्रोतका अनुसार प्रदेशको नाम कोशी र राजधानी विराटनगरलाई तोक्ने निर्णय यसअघि नै भइसकेको छ । सोही बिषयमा पुर्बेली न्युजले समाचार समेत यसअघि नै प्रकाशन समेत गरिसकेको थियो । यद्यपि, त्यो निर्णय अझै सार्वजनिक भएको छैन तरपनि भित्री तयारी पुरा भएको स्रोत दाबी गर्छ । उक्त निर्णय भएको हो या होइन भन्ने विषय थाहा पाउन भने प्रक्रिया नै कुर्नुपर्ने अबस्था रहेको छ । प्रदेशको नाम र राजधानी तोक्ने बिषयमा भएका पटक पटकका प्रयास असफल भईरहँदा यस्तो रहस्य सार्बजनिक भएको हो ।

प्रदेश १ को जारी तेस्रो अधिवेशन अर्थात् हिउँदे अधिवेशनबाट प्रदेशको नामकरण र राजधानी तोक्ने र संसदको समितिलाई पूर्णता दिने, संसदीय समितिका काम अगाडि बढाउने र १ दर्जन बढी कानुन बनाउनु पर्ने दायित्व रहेको सरकारले संसदको अधिवेशन आह्वान गरिसकेको छ । वर्षे अधिवेशन सम्पन्न हुनुअघि सर्वदलीय बैठकमा सरकारका तर्फबाट मुख्यमन्त्री शेरधन राईले मंसिरको सुरुमै हिउँदे अधिवेशन आह्वान गर्ने यसअघि नै बताएका थिए । त्यसपछि गत मंसिर १७ गते पत्रकारहरु सँगकोे कुराकानीका क्रममा पुसको पहिलो साता संसदको तेस्रो अधिवेशन आह्वान गर्ने मुख्यमन्त्री राईले बताएपनि करिब त्यसको ३ सातापछि मात्र बैठक बोलाईएको छ ।

आईतबार बाट प्रदेश १ को हिउँदे अधिबेशन शुरु भएको छ । यो अधिबेशनबाट प्रदेशको नाम र राजधानी तोकिनेमा धेरैले आशा गरेका छन भने कतिपयले संशय समेत ब्यत्त गरिरहेका छन । पटक पटक प्रदेशको नाम र राजधानीका बिषयमा बिवाद सिर्जना हुँदै आएको छ । यसपटकको अधिबेशनले नाम र राजधानी तोक्नेमा धेरै आशावादी समेत छन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले भने प्रदेशको नाम र राजधानीको विषयमा कसैको निर्देशन र दबाबले नहुने धारणा ब्यत्त गरेका छन । प्रदेशको नाम र राजधानी तोक्ने अधिकार प्रदेश सरकारको भएकाले त्यसका लागि प्रदेश सांसदहरु सक्षम रहेको उनको धारणा छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलमा आइतबार पत्रकारहरु सँगको भेटमा मुख्यमन्त्री राईले ‘यही अधिबेशनबाट प्रदेशले नाम र स्थायी राजधानी पाउने र प्रदेशको नाम र स्थायी राजधानी सहमतिबाट टुङ्याइने समेत बताएका छन । उनले सबैको भावना प्रतिनिधित्व हुने गरी नाम र स्थायी राजधानी टुङ्गयाइने बताए । उनले आइतबारबाट सुरु भएको हिउँदे अधिबेसनमा महत्वपूर्ण ६ वटा विधेयक प्रदेशसभामा प्रबेश गराउने बताएका छन ।

– पूर्वेली न्यूजबाट

सम्बन्धित खवर