बुढासुबबा गोल्डकपको तयारी अन्तिम चरणमा - Crazysaptahik.com

बुढासुबबा गोल्डकपको तयारी अन्तिम चरणमा

आगामी शनिवारदेखि हुने २१ औं संस्करणको बुढासुबबा गोल्डकपको तयारी अन्तिम पूरा भएको आयोजकले जनाएको छ । प्रदेश नम्बर १ को चर्चित गोल्डकपको रुपमा रहेको वुढासुब्बा गोल्डकपको २१ औ संस्करण माघ २६ गते फागुन ४ गते सम्म धरान रंगशालामा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकरी दिएको हो । २०५५ सालदेखि निरन्तर हुदै आएको गोल्डकपको २१ औ संस्करणमा दुई अन्र्राष्टिय, तीन मोफसलका क्लव र ती एडिभिजन क्लवहरुको सहभागिता रहने एन्फा मानार्थ उपाध्यक्ष समेत रहेका धरान फुटवल क्लवमका अध्यक्ष किशोर राईले जानकारी दिनुभयो । उहाले बुढासुब्बा गोल्डकप मुनाफामुखी बनाएर धरानको फुटवल खेल क्षेत्रमा व्यापक परिवर्तन ल्याउने वताउनुभयो । मोफसलमै महत्वपूर्ण यागदान पु¥याएको बुढासुब्बा गोल्डकपलाई राज्यका तर्फ सहयोग नभएकोमा दुःख व्यक्त गर्नुभयो ।

उहाले स्रोत साधनको कमीका कारण गोल्डकले जति गति लिनुपर्ने हो त्यो हुन नसकेको बताउदै क्लबकै पहलमा विभिन्न सहयोग दाताहरुसंग सहयोग मागेर सञ्चालन गरेको गोल्डकप यहा सम्म आइपुग्नु चानचुने कुरा नभएका दाबी गर्नुभयो । उत्कृष्ट क्लब, खेलाडी रकम अभावकै कारण ल्याउन नसक्दा दर्शकको चाम समेत घट्दै गएको भएपनि विगतमा घाटामा गएको गोल्डकपटक भने नाफामुखी बनाउने तयारीमा रहेको बताउनुभयो । अध्यक्ष राईले यो संस्करणमा २० लाख मुनाफा गर्नै लक्ष्य क्लवको रहेको जानकारी दिनुभयो ।

उहाले स्रोत साधनको कमीका कारण गोल्डकले जति गति लिनुपर्ने हो त्यो हुन नसकेको बताउदै क्लबकै पहलमा विभिन्न सहयोग दाताहरुसंग सहयोग मागेर सञ्चालन गरेको गोल्डकप यहा सम्म आइपुग्नु चानचुने कुरा नभएका दाबी गर्नुभयो । उत्कृष्ट क्लब, खेलाडी रकम अभावकै कारण ल्याउन नसक्दा दर्शकको चाम समेत घट्दै गएको भएपनि विगतमा घाटामा गएको गोल्डकपटक भने नाफामुखी बनाउने तयारीमा रहेको बताउनुभयो । अध्यक्ष राईले यो संस्करणमा २० लाख मुनाफा गर्नै लक्ष्य क्लवको रहेको जानकारी दिनुभयो । यस्तै क्लबका महासचिव प्रताप तामाङले विभिन्न बाधा अवरोधका बीच पनि क्लबले निरन्तर २१ औं सस्करणसम्म सञ्चालन गर्नु चानचुने कुरा नभएको बताउनुभयो । विगतमा व्यवस्थित रंगशाला नहुदा प्रतियोगिता गराउन कठिन भएपनि अहिले अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला तयार भइसकेकोले अब क्लबले प्रतियोगिताको स्तर बढाउदै लाने विश्वास गर्नुभयो । क्लबका कोषाध्यक्ष घनश्याम बुढाथोकीले २१ औ संस्करणसम्म आइपुग्दा पुरस्कार रासीमा समेत वृद्धि गरिएको बताउनुभयो । उहाले २१ औ संकरणको विजेताले नगद ८ लाख र उपविजेता ले ४ लाख पाउने वताउनु भयो । गत संस्करणमा ७ लाख मुनाफा भएको गोल्कपमा यो संस्करण २० लाख मुनाफा हुने उहाको दावी छ ।

अघिल्लो संस्करणमा विजेता टिमले ६ लाख र उप विजेता टिमले ३ लाख पाएका थिए । प्रतियोगिताका व्यक्तिगत पुरस्कार रासीमा समेत वृद्धि गरिएको छ । व्यक्तिगत तर्पm उत्कृष्ट गोल रक्षक, डिफेन्डर मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही जनहि २०÷२० हजारवाट बढाएर २५÷२५ हजार पु¥याइएको छ । सर्वाधिक गोलकर्ताले भने नगद ३५ हजार पाउने छन् । प्रतियोगिताका उत्कृट खेलाडीले भने डिइयो स्कुटर पाउने छन् भने दर्शकहरुलाई समेत गोला प्रथाद्वारा एउटा बाइक प्रदान गरिने छ । भारत चर्चित क्लवको रुपमा रहेको दल्होसिस एथ्लेटिक कोलकत्ता डलफिन्स क्याम्रोन गरी दुइ अन्तराष्ट्रिय तथा ए डिभिजन लिग विजेता मनाङ मस्याङ्दि तथा उपविजेता संकटा क्लव को सहभागिता रहने छ । २१ औ संकरणमा आयोजक सहित मेची नेत्रालय झापा, सहारा क्लव पोखराले प्रतिष्पर्धा गर्ने छन् । रेडबुल मुख्य प्रायोजक रहेको प्रतियोगिताको मुख्य सहायक प्रायोजक भने काब्रा गु्रप रहेको छ । प्रतियोगितको उद्घाटन खेलमा लिग उपविजेता संकटा र मेची नेत्रलय झापा आमने समाने हुने छन् ।

सम्बन्धित खवर