चिनारीको ९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस (फोटो फिचर) - Crazysaptahik.com

चिनारीको ९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस (फोटो फिचर)

मोरङको पथरीशनिश्चरे–२ देवीगन्जमा अवस्थित चिनारी अंग्रेजी बोर्डिङ स्कुलले आफ्नो नवौं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
शुक्रवार एक औपचारिक कार्यक्रमको आयोजना गरी विद्यालयले उक्त कार्यक्रम आयोजना गरेको हो । कायर्क्रममा विद्यालयले विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । विद्यार्थीको चौतर्फी विकास गराउने नयाँ शैक्षिक नीतिको पालना गर्दै आयोजित कार्यक्रममा विद्यालयले कक्षा कक्षा नर्सरीदेखि कक्षा–८ सम्मका विद्यार्थीहरुमा कक्षा नर्सरीका विद्यार्थीलाई बेलुन रेस, युकेजीका छात्रालाई भित्र बाहिर, कक्षा युकेजीकै छात्रलाई चकलेट रेस, कक्षा–१ का छात्रातर्फ भित्र बाहिर र भ्यागुते जम्प (फ्रग जम्प) साथै कक्षा–१ कै छात्रतर्फ भ्यागुते जम्प(प्रग जम्प) खेलाइएको थियो ।
कक्षा–२ को छात्र÷छात्रातर्फ चम्चा दौड, बिष्कुट दौड र कक्षा–३ को छात्र÷छात्रा दुवैतर्फ तातो आलु प्रतियोगिता गराइएको थियो । यस्तैगरी कक्षा–४ मा छात्र÷छात्रा दुवैतर्फ भ्यागुते जम्प (फ्रग जम्प) र रनिङ रेस प्रतियोगिता गराइएको थियो । यस्तै अन्य कक्षाहरुमा पनि विभिन्न खेल प्रतियोगिता सञ्चालन गरिएको थियो । विजेता सवै कक्षाका पहिलो दास्रो र तेस्रो हुने विद्यार्थीहरुलाई विद्यालयका अध्यक्ष तथा कार्यक्रमका सभापति सोम नेपालले सिल्ड र मेडलले विद्यार्थीहरुलाई सम्मान गरेका थिए ।

यसैगरी अभिभावकहरुलाई पनि महिलातर्फ म्युजिकल चेयर, हन्डी फुटाई र तातो आलु, भित्र बाहिर खेलाइएको थियो भने पुरुषतर्फ तातो आलु, हन्डी फुटाई र भित्र बाहिर खेलाइएको थियो विजेता सवै अभिभावकलाई काँसको बोटुकाले विद्यालयका निर्देशक विरेन साम्वाले सम्मान गरेका थिए । विद्यालयले यसका अलावा फु्टवल, वक्तृत्वकला, नृत्य, कविता वाचन लगायतका कार्यक्रमहरु समावेस गरिएको थियो । वार्षिक रुपमा विद्यालयले अभिभावकको प्रत्यक्ष उपस्थितिमा आयोजना गर्ने यस्ता कार्यहरुले विद्यालय र अभिभावकहरु बीचको घनिष्टता बढेर जाने विद्यालयका प्रिन्सिपल गजेन्द्र सुव्वाले जनाए ।

कार्यक्रमका प्रमुख अथिति एनप्यावसन प्रदेश नम्वर १ का अध्यक्ष जयबहादुर श्रेष्ठ, विशिष्ठ अथितिमा एनप्यावसन मोरङ जिल्ला अध्यक्ष सुनिल दत्त अधिकारी लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु र स्थानीय अभिभावकहरुको उपस्थिति रहेको थियो । शुभकामना सन्देश राख्दै प्रमुख अथिति श्रेष्ठले निजी विद्यालयहरुले अब थप परम्परागत शैक्षिक प्रणालीलाई विस्थापित गर्दै आधुनिकताको प्रयोगसंगै सक्षम र क्षतावान विद्यार्थी उत्पादन गर्नु निजी विद्यालयको ध्यानाकर्षण हुनुपर्ने औल्याएका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.