दोस्रो ईन्ट्रा पथरी शनिश्चरे गोल्डकपको उद्घाटन खेलमा सलहेश विजयी - Crazysaptahik.com

दोस्रो ईन्ट्रा पथरी शनिश्चरे गोल्डकपको उद्घाटन खेलमा सलहेश विजयी

क्रेजी संवाददाता
पथरी । ‘अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ईन्ट्रा पथरी शनिश्चरे गोल्डकप– २०८२’को उद्घाटन खेलमा सहलेश फुटबल क्लब विजयी भएको छ ।
पथरी ११ फुटबल क्लबको आयोजनामा पथरी रंगशालामा शनिबार भएको खेलमा सिरहाको सलहेश युवा क्लब र भारतको सिलिगुडी कञ्चनजंघा फुटबल क्लबबीच सम्पन्न खेलमा सहलेश विजयी भएको हो । सलहेश युवा क्लबले कञ्चनजंघालाई ५–१ गोलअन्तरले पराजित गर्दै शानदार जीत हासिल ग¥यो ।
खेलको सातौं मिनेटमै सलहेशका आदित्य शाक्यले विपक्षीको रक्षापंक्तिलाई छल्दै पहिलो गोलको खाता खोले । सलहेशका रिचार्ड विल्सन र सुजल डंगोलले क्रमशः २४ औं र २८ औं मिनेटमा गोल गर्दै टिमला ३–० को अग्रता दिलाए ।
दोस्रो हाफमा कञ्चनजंघाले खेलको रणनीति परिवर्तन गर्दै आक्रमक शैलीमा खेल खेल्यो । ४८ औं मिनेटमा कप्तान अरुण तामाङको प्रहार सलहेशका गोलरक्षक रेम्बो चौधरीले बचाए । ५९ औं मिनेटमा सलहेशका रिचार्ड विल्सनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ४–० पु¥याए । त्यसपछि ६२ औं मिनेटमा कञ्चनजंघाका प्रनिस प्रधानले टोलीको लागि पहिलो गोल गरे । खेलको अतिरिक्त ३ मिनेटको सुरुवातमै विल्सनले व्यक्तिगत ह्याट्रिक पूरा गर्दै सलहेशलाई ५–१ को फराकिलो जित दिलाए ।
उद्घाटन ‘खेलको म्यान अफ द म्याच’ सलहेशका रिचार्ड विल्सन घोषित भए । आज आयोजक पथरी ११ फुटबल क्लब र डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाइज क्लबबीच प्रतियोगिता हुने आयोजकका करण याक्खा जिमीले जानकारी गराए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.