दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप : आयोजक सेमिफाइलन प्रवेश - Crazysaptahik.com

दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप : आयोजक सेमिफाइलन प्रवेश

क्रेजी संवाददाता
पथरी शनिश्चरे । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकपमा आयोजक इन्ट्रा पथरी ११ फुटबल क्लब विजयी भएको छ ।
आज भएको खेलमा डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाईज क्लब ललितपुरलाई १–० गोल अन्तरले स्तब्ध पार्दै आयोजकले सेमिफाइनलको यात्रा तय गरेको हो ।
खेलको सुरूवातमा आयोजकलाई दबाबमा राखेको ब्रिगेड ब्वाइजले दोस्रो हाफमा आफ्नो खेलको लय सम्हाल्न नसक्दा पराजय व्यहोर्नु प¥यो ।
प्रतियोगितामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । निक्कै प्रतिष्र्धात्मक खेलको दोस्रो हाफको छैटौं मिनेटमा आयोजकका निरज परियारले दिएको पासलाई मिक्चेन दासले गोलमा परिणत गरेको थियो । आयोजकका लागि त्यही गोल विजयीको लागि पर्याप्त बन्यो ।
खेलको म्यान अफ द म्याच पथरी ११ का गोलकर्ता मिक्चेन दासले घोषित भए । भोलिको खेल संकटा फुटबल क्लब काठमाडौं र पाँचथर क्लब, पाँचथर फिदिम बीच हुने आयोजकका केशर थुलुङ राईले जानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.